|

काठमाडौं : छिमेकी देश भारतलाई उच्च शिक्षाको बनाउने उद्धेश्यसहित यही जेठ ३२ र असार १ गते इण्डिया एडमिसन एक्स्पो २०१९ (१० औं बृहद भारतीय शैक्षिक मेला २०७६) हुने भएको छ । 

होटल याक एन्ड यतिमा हुने एक्स्पोमा भारतका विभिन्न स्थानका कलेज र युनिभर्सिटीले सहभागिता जनाउँदै छन् । इन्डिया एजुकेसनलाई प्रबर्द्ध गर्ने उद्देश्यले आयोजना गरिने मेलामा इन्डियन एजुकेसनको विस्तृत जानकारी विद्यार्थी र अभिभावकलाई प्रदान गरिने भएको छ । 

मेलामा इन्डियाका ५० भन्दा बढी कलेज र युनिभर्सिटी रहनेछन् । विद्यार्थी र अभिभावकले उच्च शिक्षाका लागि इन्डिया किन उपयुक्त छ भन्ने मेलामा आएर जानकारी पाउनेछन् । 

इन्डियाका विभिन्न प्रान्तमा रहेका शैक्षिक संस्था एकै थलोमा रहेर यसप्रकारको जानकारी प्रदान गर्दा नेपाली विद्यार्थीले आफ्नो सहि छनौटको विषय र सहि शिक्षण संस्था छान्न सजिलो हुनेछ । 

मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिङ्गका लागि सम्बन्धित शिक्षण संस्थाका निर्देशक, प्रिन्सिपल र प्रोफेसर उपस्थित हुनेछन् । मेलामा सहभागी हुने सबै कलेज र युनिभर्सिटीहरु न्याक र निर्फ (एनआईआरएफ) बाट मान्यताप्राप्त शिक्षण संस्था रहेका बताइएको छ।

न्याक र निर्फ शैक्षिक संस्थाको गुणस्तर अनुगमन गर्ने निकाय हुन् । मेलामा इन्जिनियरिगं, म्यानेजमेन्ट, मेडिसिन, फार्मेसी होटल म्यानेजमेन्ट, डिजाइन, फेसन टेक्नोलोजी, बायो टेक्नोलोजी, मेरिन लगायतका विषय अन्तर्गतका १ सय भन्दा बढी कोर्सबारे विद्यार्थीले जानकारी पाउनेछन् । 

प्लस टु पछिको उच्च शिक्षाको क्रममा अलमलिएका विद्यार्थीलाई उनीहरुको क्षमता र उनीहरुको भविष्य अनुरुपको सही परामर्श उपलब्ध गराइने बताइएको छ। करिअर गाइडेन्सका हिसाबले यो मेला प्रभावकारी सावित हुने बताइएको छ। 

मेलामा विद्यार्थीको एकेडेमिक एक्सिलेन्सको आधारमा शैक्षिक संस्थाहरुले दर्जनौं विषयमा छात्रवृत्ति प्रदान गर्नेछन्। निशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा सहभागि हुने प्रत्येक विद्यार्थीका लागि उपहारको व्यवस्था गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.