|

सप्तरी : सप्तरीको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियास्थित मावलीमा बस्दै आएका १२ वर्षीय किशोरको कोशी नदीमा नहुाउने क्रममा डुबेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी ६ योगिनियका इशाक मियाँका भाञ्जा १२ वर्षीय आशिक मन्सुरीको कोशीको बगरमा गाई चराउन गएका बेला गर्मी भएपछि बिहीबार दिउँसो कोशी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

सुनसरीको हरिनगर गाउँपालिका १ बस्ने मो. जिबराइल मन्सुरीका छोरा आशिक कोशीमा नुहाउने क्रममा डुबेर बेहोस भएपछि तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य क्लिनिकमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बालकको मृत्यु भएको खवर पाएलगत्तै तत्काल प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धान गरिरहेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.