|

काठमाडौं : रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस बिहीबार साँझ दुर्घटना हुँदा घाइते मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टाराईले जनाकारी दिए। 

मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्। काठमाडौंबाट रामेछापको  लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको भट्टराईको भनाइ छ।

घटनामा २० जना घाइते भएको र घाइते मध्ये ७ को अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.