|

बुटवल  रुपन्देहीमा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरबाट पेस्तोल र गोलीसहित ३ जनालाई पक्राउ गरिएको हो। 

इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको एक प्रहरी टोलीले चेक जाँच गर्दा वर्ष २० का सुरज दर्जी, वर्ष २० का अर्जुन मुसहर र वर्ष २२ का मनिष परियारबाट कटुवा पेस्तोल र गोली बरामत गरेको प्रहरीले जनाएको छ। सोही आधारमा उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक उमेशराज मैनालीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्ने तीनैजना सैनामैना नगरपालिका वडा न ६ का स्थानीय हुन्। प्रहरीले सुरज दर्जी र मानिष परियार यसअघि पनि चोरी र लागुऔषध कारोबारमा बारम्बार पक्राउ परिसकेको प्रहरीले जनाएको छ। उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको कार्यालय प्रमुख मैनालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.