|

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले नौ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बिहीबार राति पक्राउ गरेको छ। रौतहटको वृन्दावन नगरपालिका-१ रमौली बस्ने दीपेन्द्र सहनी भन्ने रोहित सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

२०६७ साल मंसिर १७ गते इलाका प्रहरी कार्यालय, हर्कटवा, सर्लाहीबाट प्रनानि लवजंग चौहानको कमाण्डमा खटिई गएको प्रहरी टोली र भूमिगत तराई मुक्ति मोर्चाका ५ जनाको समूहमा रहेका हतियारधारी समूहबीच सर्लाहीको साबिक भवानीपुर गाविस-३ स्थित सुकमारीमा भएको झडपमा सहनीले प्रहरीको चाइनिज पेस्तोल लुटी भागेका थिए।

ठूलो चाइनिज पेस्तोल लुटी फरार रहेका सहनीलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।  अभियुक्त सहनीलाई जिप्रका रौतहटको Crime Investication Team  विशेष Covert operation टोलीले पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.