|
File Photo

धनगढीः लागुऔषध ब्राउन सुगरसहित प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ। मलद्वारमा ९ ग्राम ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सन्देश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट लागुऔषध खरिद गरी नेपालतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा त्रिनगर प्रहरी चेक पोस्टमा चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। प्रहरीले से ५ प १२८५ नम्बरको मोटरसाइकल पनि निन्त्रणमा लिइएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.