विद्या सुन्दर भन्छन्- महानगर सुन्दर बनाउन सबैको सहयोग चाहिन्छ

|

काठमाडौ : काठमाडौं महानगरपालिकाभित्रको ट्राफिक आइल्यान्डमा वर्षैभर फूल फूलाइने भएको छ। ट्राफिक आइल्यान्डमा फूल फूलाउनको लागि काठमाडौं महानगरपालिका, नबिल बैंक र एरोरुटस प्रालिबीच सहमति भएको हो। 

काठमाडौं महानगरपालिकाको तर्फबाट ज्ञानेन्द्र कार्की, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एरोरुटस प्रालिका तर्फबाट विप्लव सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

एरोरुटस कम्पनीसँग २९ लाखमा ट्राफिक आइल्यान्डमा फूल फुलाउने गरी सहमति भएको हो। सम्झौताअनुसार ९० दिनदेखि काठमाडौंको ट्राफिक आइल्यान्डमा फूल फूलाइनेछ। दुई वर्षसम्म एरोरुटस कम्पनीले फूल फूलाउने जिम्मा लिने र संरक्षण गर्नेछ।

न्युरोड गेटअगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृहको गेटको पश्चिम भागमा रहेको ट्राफिक आइल्यान्डमा फूल फूलाउने गरी सहमति भएको छ। उक्त फूल फूलाउने जिम्मा भने एरोरुटस कम्पनीले लिएको छ।

एरोपोनिक प्रणालीबाट उक्त फूल फूलाउने कम्पनीले जनाएको छ। जमिनमुनिको टंयाकमा राखिएको पानीलाई अल्ट्रा हाई प्रेसर मिस्ट जेनेरेटरबाट पानी तानेर फूल फुलाउने काम गरिने कम्पनीले जानकारी दिएको छ।

ट्राफिक आइल्यान्डमा फूल फूलाउने योजनाले काठमाडौंलाई सुन्दर बनाउने कसीको रूपमा सुरुवात भएको महानगरपालिकाको प्रमुख विद्या सुन्दर शाक्यले बताए। 'सहरलाई सुन्दर बनाउनका लागि सबै महानगरवासी लाग्नुपर्छ',  उनले भने,  'आउँदो पर्यटन वर्षलाई लक्षित गरि यो निर्माण गरिएको हो।'

मेयरको सुन्दर सहर बनाउने चाहनाअनुसार यो बनाउन लागिएको हो। बोलेर होइन, गरेर देखाउने  मेयर शाक्‍यले बताए। उनले कार्यक्रममा काठमाडौंलाई सुन्दर सहर र सडक बनाउन अरूलाई पनि आग्रह गरे। काम गर्नेलाई सम्मान गर्ने, काम नगर्ने अरूलाई बाधा पुर्‍याउनलाई महानगरले कुनै सहयोग नगर्ने उनको भनाइ छ।

ट्राफिक आइल्यान्डमा भएको फूलले काठमाडौंको सुन्दरतालाई बढाउने नबिल बैंकका अधिकृत अनिल शाहीले बताए। आइल्यान्डमा फूल फूलाउनु भनेको निधारमा टीका लगाउनु जस्तै भएको शाहीले सुझाए। उनका अनुसार दुई ठाउँको ट्राफिक आइल्यान्डमा फूल फूलाउने जिम्मा नबिल बैंकले पाएको छ। उनले भने, ' अन्य सहयोगी संस्थाहरू पनि यस्तो राम्रो कार्यमा अगाडि आउनुपर्छ।'

काठमाडौंलाई चिटिक्क बनाउने अभियान रहेको शाहीको भनाइ छ। पर्यटन वर्षमा आउने पर्यटकले आहा भनेर रमाउनेछन् भनेर उनले प्रतिक्रिया दिए। काठमाडौंवासीलाई सिकाउने यो महत्त्वपूर्ण अवसर रहेको उनले बताए।

ट्राफिक आइल्यान्डमा फूल फूलाउने काम पाउनु भनेको अवसर र चुनौती दुवै रहेको एरोरुटसका अध्यक्ष विप्लव सिंहले बताए। उनका अनुसार यस्तो काम नेपालमा पहिलोपटक भएको हो।

माटोबिना केही पनि फल्न नसक्ने थियो।  उनले भने,'आजको मानिसमा के सोच छ भने माटोबाट केही फल्दैन भन्ने थियो।' सहमति भएको समयमै आइल्यान्डमा फूल फूलाएर देखाउने उनको भनाइ छ।  काठमाडौं महानगरपालिकालाई फूल फूलाएर दिने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.