|

चितवन : हृदयघातका कारण निधन भएका पूर्वशिक्षामन्त्री धनिराम (डिआर) पौडेलको अन्त्येष्टि गरिएको छ। गृहनगर चितवनको माडी नगरपालिका ५ को मगोई खोलामा शुक्रबार अपरान्ह अन्त्येष्टि गरिएको हो।

यसअघि नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा वादल, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, नेकपा नेताहरू वमदेव गौतम, प्रवक्ता नारायकाजी श्रेष्ठ प्रकाश, देवप्रसाद गुरुङ, अमिक सेरचनलगायतले अन्तिम श्रद्धाञ्जलि दिएका थिए।

यस्तै, प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकता साथै सर्वसाधारणले पनि श्रद्धाञ्जलि दिएका थिए। अन्त्येष्टि गर्नुपूर्व वसन्तपुर बजारमा निकालिएको शव यात्रामा नेता, कार्यकर्ता तथा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो। यता, नेकपा चितवनले विज्ञप्ति निकालेर पार्टीको झण्डा आधा झुकाउने जनाएको छ।

पौडेलको आफ्नै निवास चितवनको माडी नगरपालिका ३ वसन्तपुर रमाइलो डाँडामा ५३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो।  घरमा शुक्रबार बिहान ६:४५ बजेको समयमा हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा करिव ७ बजेतिर बाटोमै निधन भएको नेकपा प्रदेश ३ का सदस्य ओम नाथ पाण्डेले जानकारी दिए।

पौडेल तत्कालीन माओवादी केन्द्रका तर्फबाट हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका थिए। २०२३ साल कार्तिक ४ गते जन्मिएका पौडेलका श्रीमती, बुबा आमा र २ छोरी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.