|

दाङ : सेवाग्राहीसँग घुस लिँदालिँदै दाङमा एक वन अधिकृत अख्तियारको फन्दामा परेका छन्।

दाङको बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाहलाई घुस लिँदालिँदै शुक्रबार अख्तियारले रंगेहात पक्राउ गरेको छ। शाहले सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले लमहीको एक जुस पसलबाट पक्राउ गरेको हो।

सामुदायिक वन दर्ता सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ। पक्राउ परेका शाहमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.