|

बर्दिया : बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरबस्ती निवासी ३३ वर्षीय दिलबहादुर चौधरीको करेन्ट लागेर शुक्रबार विहान मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिकाको चिट्कैया स्थित विद्युतको पोल र ट्रान्सफर्म मर्मत गरी लाइन छोड्दा चौधरीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए। चौधरीलाई करेन्ट लागेर घाइते भएको भन्ने खबर सुन्नासाथ अस्थायी प्रहरी पोष्ट ठाकुरद्वाराबाट प्रहरी साहायक निरीक्षक हरीबहादुर गुरुङको कमाण्डमा ४ जनाको टोली घटना स्थल पुगेको थियो।

करेन्ट लागेर घाइते भएका चौधरीको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पुर्‍याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.