|
Representative Photo

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पाँच किलो चरेशसहित एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक विलियम हेरोन रहेको प्रहरीले जानकारी दिएको छ। उनलाई शुक्रबार पक्राउ गरिएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले उनी नेपाल वायुसेवा निगमको आरए ४०१ उडानबाट थाइलैण्डको बैंकक हुँदै अमेरिका जान लागेका थिए। उनको झोला जाँचका क्रममा चरेश फेला परेको हो।

पक्राउ परेका हेरोनको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.