|

संखुवासभा : संखुवासभाको खाँदबारी–९ सभाखोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्। शनिबार  पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका – ११ का १७ वर्षीय शहदेव राई बेपत्ता भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो साढे दुई बजे साथीसँग पौडी खेल्न गएका १७ वर्षीय राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरी र स्थानियले राईको खोजी भइरहेको प्रहरीले जनाएको छ। माथिल्लो क्षेत्रमा वर्षा भएकाले खोला बढेर खोज्नसमेत असहज भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.