|
File Photo

कञ्चनपुर  : अवैध रूपमा सञ्चालन हुँदै आएका ४० वटा अटोलाई कञ्चनपुरमा प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार अटो दुर्घटनामा परी चारजनाको मृत्यु भएपछि प्रहरीले शनिबारदेखि अवैध तरिकाले सञ्चालन हुँदै आएका अटोलाई नियन्त्रणमा लिन थालेको हो।

झलारी क्षेत्रबाट १५ र जिल्लाका अन्य क्षेत्रबाट २५ गरी ४० वटा अटो प्रहरीले नियन्त्रणमा लिएको छ। सवारी चालक अनुमती-पत्र, रोड परमिट र ब्लुबुक नभएका अटोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

'मादक पदार्थ सेवा गरी सवारी हाँकेको, क्षमताभन्दा बढी यात्रु राखेको र तीव्र गतिमा अटो हाँकेको अवस्थामा फेला परेका अटोलाई पनि नियन्त्रणमा लिएका छौँ' उनले भने, ‘सडक दुर्घटना बढन नदिनका लागि यो अभियान निरन्तर जारी रहने छ।’

नियम उल्लंघन गरी सञ्चालन हुँदै आएका अटो सञ्चालकलाई प्रचलित नियमअनुसार कार्वाही गरिने उनको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.