सोलुखुम्बु : अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ।
घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्नता छ भनेर आधिकारिक पुष्टि हुन बाँकी रहेको पनि प्रहरी निरीक्षक कार्कीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।