|

काठमाडौं :  नेपाल मुक्तक प्रतिष्ठानको १ नम्‍बर प्रदेश शाखाले इटहरीको मेक्ट्रिक्स हलमा मुक्तक वाचन तथा अन्तक्रिया सम्पन्न गरेको छ।

शाखाका अध्यक्ष बाबुराम पोख्रेलको सभापतित्वमा भएको सो समारोका प्रमुख अतिथि वरिष्ठ मुक्तककार रमेश पौडेलले दीप प्रज्वलन गरेपछि ३६ बढी मुक्तककारहरूले आफ्ना मुक्तक सुनाएका थिए। पूर्वेली मुक्तककारहरूको मुक्तकले तातो इटहरीलाई झन् तताएको थियो। 

मुक्तक उत्सवमा शाखाका सचिव मदन भण्डारीले प्रतिष्ठानको १ नम्बर प्रदेश शाखाको गतिविधिबारे सुनाए। कार्यक्रममका प्रमुख अतिथि मुक्तककार पौडेलले नेपाली मुक्तकको भविष्य सुन्दर रहेको धारणा व्यक्त गरे। समारोहका विशेष अतिथिहरू प्राज्ञ विवश पोख्रेल, देवी पन्थी र कृष्णविनोद लम्सालले नेपाली साहित्यमा मुक्तकबारे चर्चा गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.