|

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउँदो फागुन वा चैतमा पार्टीको महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले नियमित रूपमा महाधिवेशन हुनुपर्ने माग गरेका हुन्।

नेता पौडेलले पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढंगबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिए। उनले भने, 'अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन।'

पार्टीको मुहानको रूपमा रहेको नेपाल विद्यार्थी संघको महाधिवेशन नगरेर भंग गर्ने काम गरिएकामा पौडेलले आक्रोष व्यक्त गरेका थिए। पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि संगठनात्मक रूपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भने, 'जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर संगठानात्मक रूपमा केही पनि भएन।'

एक फरक प्रसंगमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा  परम्परालाई असर पुर्‍याउने भन्दै पौडेलले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए। नेता पौडेलले भने, 'सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक कांग्रेसले पारित हुनदिँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.