|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि जम्मा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको छ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

कूल विनियोजन बजेटमध्ये चालु तर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार (वित्तीय व्यवस्था समेत) रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड १० लाख ४१ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजस्व बाँटफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँटफाँटबाट प्राप्त हुने रकम २ करोड ७४ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब ८४ करोड ८३ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख परिचालन गरिने मन्त्री ज्वालाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

त्यसैगरी समपूरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ। सो अनुदानबाट समेत नपुग हुन जाने ७५ करोड अन्तरिक ऋण परिचालनबाट व्यहोर्ने व्यवस्था मिलाइएको मन्त्री ज्वालाले बताए।

चालू आर्थिक वर्षमा नेपालको अनुमानित आर्थिक बृद्धिदर ६.८ प्रतिशत रहेकोमा यस प्रदेशको ५.७ प्रतिशत हुने अनुमान सरकारको छ।  आर्थिक वर्ष २०७६/७७ मा ग्राहस्थ उत्पादन वृद्धि दर ६.५ हासिल हुने अनुमान गरिएको छ।

पढ्नुहोस् बजेटको पूर्णपाठ:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.