|

रुपन्देही : प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आइतबार दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

गत वर्ष २८ अर्ब १० करोड बजेट ल्याएको प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि करिब ८ अर्ब ३१ करोड वृद्धि गरेर बजेट ल्याएको हो।

प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ। त्यस्तै राजश्व बाँटफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ।

प्रदेश सरकारले करीब साढे ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।

पढ्नुहोस् शंकर पोख्रेलले प्रस्तुत गरेको बजेटको पूर्णपाठः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.