|

कञ्चनपुर ः श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामसेट्टीका ३७ वर्षीय चन्द्रबहादुर पुनमगरलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। भदौ ३० गते श्रीमती बिमलादेवी पुन मगरको हत्या गरी चन्द्रबहादुर फरार भएका थिए। 

फरार रहेका चन्द्र बहादुरलाई प्रहरीको विशेष टोलीले ब्रम्हदेव क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर बिष्टले बताए। 'पक्राउ परेका पुनमगरलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा राखेर अनुसन्धान गरिहेका छौं' प्रहरी नायव उपरीक्षक बिष्टले भने।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.