|
File Photo

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रतिपक्षी दलका साँसदको अनुपस्थितिमै टेबल गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादबले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । यो अवधिमा बजेटमाथि छलफलका लागि प्रतिपक्षी नेकपा र कांग्रेसले संसदीय दलको कार्यालयमा छलफल गरी रहेकै बेला बजेट टेबल गरेको हो।

बजेट टेबल गर्ने बेला प्रदेशसभा बैठकमा सत्तापक्ष राजपा नेपाल, समाजवादी पार्टीका सासद मात्र उपस्थिति थिए।

छलफल गरिरहेकै बेला बजेट टेबल गरेकोमा नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले विरोध जनाएका छन्। उनले आफूहरूलाई अपमान गरेको प्रतिक्रिया दिए। उनले विपक्षीलाई पेलेर गएको भन्दै अब अगामी बैठक अवरुद्ध पार्ने चेतावनीसमेत दिए।

यस्तै नेपाली कांग्रेसका संसदी दलका नेता रामसरोज यादवले पनि छलफलमा बसेकै बेला बजेट टेबल गरिएकोमा आपत्ति जनाए। उनले बजेटमा शीर्षक पिच्छे छलफल गरी मात्र पास गर्न दिने बताए। उनले भने, ‘विगतमा बजेट जसरी टुक्राटुक्रा गरी बाँड्यो। यस वर्ष पनि त्यसरी नै बाँड्न खोजेको देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.