गुठी विधेयकको विरोधको क्रम आइतबार पनि जारी रह्यो। आइतबार भक्तपुर पुरानो ठिमीका स्थानीयले मसाल जुलुससहित विरोध जनाए। पुरानो ठिमीबाट सुरु भएको जुलुस बालकुमारी, मध्यपुर ठिमीमा पुगेर समापन भएको थियो। गुठी विधेयक फिर्ता गर, हाम्रो जात्रा हाम्रो देश प्राणभन्दा प्यारो छलगायतका नारासहित हातमा मशाल लिएर जुलसले नगर परिक्रमा गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।