|

जनकपुरधाम : गर्मी अत्यधिक बढेपछि धनुषाका विद्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।

गर्मीले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै असार दुईदेखि असार ६ गतेसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले गरेको हो। इकाई प्रमुख बरखु प्रसाद रजकले विद्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको बताए।

यस्तै जनकपुरधाम उप–महानगरपालिकाले पनि विद्यालय ५ दिन बन्द गरेको निर्णय गर्दै सम्पुर्ण विद्यालयलाई निर्णय कार्यान्वयण गर्न र गराउन अपिल गरेको छ।
विगत तीन दिनदेखि धनुषासहित तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ। गर्मीले जनजीवन प्रभावित बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.