|

तनहुँ : आदिकवि भानुभक्त आचार्यको नाममा राखिएको भानु नगरपालिकाका कर्मचारीहरु कार्यालय समयमा ‘बिर्खे टोपी’मा सजिन थालेका छन्।

भानुभक्त टोपीको रुपमा चिनिने ‘बिर्खे टोपी’ लगाउनुपर्ने नगरपालिकाले निर्णय गरेको हो। नगर कार्यपालिका बैठकले असार १ बाट लागू हुने गरी कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको थियो। सोही अनुरुप आइतबारदेखि बिर्खे टोपीमा सजिएर काममा खटिएका हुन्। 

आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदीरम्घामा जन्मिएका हुन्। उनैको नामबाट भानु नगरपालिकाको नामाकरण गरिएको हो। कार्यालय समयमा नगरपालिकाका कर्मचारीहरु निर्धारित पोशाकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अन्यथा हाजिरी समेत गर्न नपाउने नगरपालिकाले व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.