|

डडेल्धुरा :  डडेल्धुरा अस्पतालमा अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँकी २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्युपछि उत्पन्न तनावपछि सरकारी चिकित्सक संघ (गोदान)ले यहाँ कार्यरत सबै चिकित्सकलाई संघीय राजधानी बोलाएको छ। 

आइतबार संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म यहाँ कार्यरत चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका हुन्।

साथै, संघले यसबाट सिर्जित सम्पूर्ण परिस्थितीको जिम्मेवार स्थानीय निकाय, प्रशासन र स्वास्थ्य मन्त्रालयको हुने भन्दैं घटनापछि उत्पन्न परिस्थितीमा स्थानीय निकाय र प्रशासनको रबैयामाथि पनि प्रश्न उठाएको छ। ‘चरम मानसिक तनाव र असुरक्षाकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहुनु परेको र यस्तो अवस्थामा अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ।’ अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ।

चिकित्सक तथा स्वास्थ्यकर्मी उपर दुव्र्यवहार तथा हातपात गर्ने र अराजकता मच्चाउने अपराधीलाई कारबाही गर्नुको सट्टा अस्पताल सञ्चालन गर्न चिकित्सकलगायतलाई दबाब दिनु स्थानीय प्रशासनको चरम निकम्मापन भएको संघको ठहर छ। 

‘उच्च साहसका साथ डडेल्धुराजस्तो विकट ठाउँमा समेत उपचार सेवा संलग्न चिकित्सकहरुको उच्च मूल्यांकन हुनुपर्ने ठाँउमा यस्तो चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको र यसको असर कालान्तरसम्म त्यहाका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था स्थानीय सरकारको समेत रहेको ध्यानाकर्षण गराउदछौं,’ गोदानको विज्ञप्तिमा भनिएको छ।

र याे पनि 

सुत्केरी मृत्यु प्रकरण : सुरक्षा माग गर्दै अस्पतालका सबै चिकित्सक बिदामा बसे

सुत्केरी मृत्यु प्रकरण : तीनबुँदे सहमतिपछि विवाद साम्य

सुत्केरी मृत्यु प्रकरण : डडेल्धुरामा प्रदर्शन, फोटोफिचर 

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव 
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.