|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ। आइतबार बेलुका महालक्ष्मी नगरपालिका-७ जितपुरमा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-१० खराङ घर भएका ४५ वर्षीय राम बहादुर राईको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करिब ४ वर्षअघि घरबाट विदेश जान्छु भनी एक लाख रुपैयाँ बोकेर हिँडेका राई हालसम्म सम्पर्कविहीन भएको मृतकका भाइ रणबहादुर राईले बताए।

विदेश नगएको भन्ने थाहा भए पनि कहाँ छ भन्ने थाहा नभएको रणबहादुरले बताए। उनले भने, 'दाइको मृत्यु भएपछि निजको साथमा रहेको नागरिकताको आधारमा खबर आएको र आएर हेर्दा शवको पहिचान गरेको हो।'

भिरालो ठाउँमा स्थानीय एक सिँचाइ आयोजना काम गरेर बसेका राई विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले बताए। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.