|

सर्लाही : सर्पले डस्दा सर्लाहीमा चार वर्षीया बालिकाको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर स्थानीय सञ्जय दासकी चार वर्षकी छोरी लक्ष्मी दासको मृत्यु भएको हो। उनलाइ उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। आइतबार साँझपख बालिका घरमै बसिरहेको समयमा सर्पले डसेको थियो।

सूरुमा सर्पले डसेको थाहा नभएको र फिज काड्न थालेपछि मात्रै सर्पले डसेको थाहा भएको मृतक आफन्तलाई उदृत गर्दै इश्वरपुर वडानम्बर १२ का वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए। जिल्लाकै बिकट ईश्वरपुर नगरपालिका १२ कालिञ्जोरमा विषालु सर्पले डसेर वर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको स्थानीयबासी बताउँछन्।

पूर्व–पश्चिम राजमार्गस्थित बाँके चोकबाट ८/९ किलोमिटर उत्तरमा पर्ने कालिञ्जोरबाट सर्पदंशका बिरामीलाई उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा ल्याउन समय लाग्ने भएकाले धेरैजसो बिरामीको बाटैमा मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन्। कालिन्जोरबाट नवलपुर सर्पदंशकेन्द्र पुग्नका लागि करिब २० किलोमिटर दुरीमा पर्दछ।

सर्लाहीमा केही दिन अघि सदरमुकाम मलंगवामा सर्पले डसेर एक जनाको मृत्यु भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.