महासंघद्वारा निलम्‍बन, विद्यार्थी आन्दोलित

|

उदयपुर : गएको आइतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन्। पत्रकार राईसहितको चारजनाले समूहले चौदण्डीगढी नगरपालिका ६ स्थित ज्योति बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन्।

बिएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीमाथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेल्टरले पक्राउ गरेको जानकारी दिएको हो। क्याम्पसमा दिउँसो ४ः ३० बजे शिक्षकले पढाई राखेको अवस्थामा कक्षा कोठामा नै पुगेर बिएड प्रथम वर्षका अजय राईलाई कुटपिट गरेपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए। 

शिक्षक द्रोण पराजुलीले पढाई राखेको अबस्थामा एक्कासी पत्रकारहरु कक्षा कोठामा पसी विद्यार्थीमा माथि कुटपिट गरेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ। ‘कक्षा कोठामा पढाई राखेको बेला एक्कासी विद्यार्थीमाथि कुटपिट गरी शैक्षिक बातावरण धमिल्याउने काम भएको छ’ उनले भने, ‘तत्काल प्रहरीलाई खबर आयो पक्राउ गरी सोमबार सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएका छौं।’

पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य, गाइघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस दैनिकका कार्यकारी सम्पादक हुन। राईको टोलीमा उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पदक रहेका उल्टोमोटर साइकल यात्री चित्रकुमार कार्की, पत्रकार नै भनी हिड्ने हेण्डवल खेलाडी तथा मिस प्रदेश १ की विजेता रमिला बस्नेत रहेकी छन।

कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन। राई, कार्की र बस्नेतको टोलीमा स्थानीय युवा शिव रोइला समेत पक्राउ परेका छन। पक्राउ परेका सवै चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकावासी हुनु। प्रहरीका अनुसार विद्यार्थी पत्रकाबीच भएको झगडाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताएको छ। 

मैले कुटेका छैन–पक्राउ परेका पत्रकार राई

सोमबार प्रहरीले विद्यार्थी कुटेको आरोपमा पक्राउ परेकालाई सार्वजानिक हित, शान्ति तथा स्वास्थ्यविरुद्ध अपराध मुद्दा दर्ता गरी म्याद थप्न वकिल कार्यालय र जिल्ला प्रशासन कार्यलय उदयपुरमा ल्याएको थियो। सोही क्रममा पत्रकार राईले आफुले कुटपिट नगरेको बताएका छन। राईले कुटपिटमा आफू संलग्न नरहेको र आफु रिपोटिङबाट फर्कदा साथीहरुसँग भेट हुँदा झगडामा परेको दावी गरेका हुन। 

पत्रकार राईले भने,‘समाचार संकलन गरी घर फर्कदै गर्दा मेरो अन्य साथीसँग भेट भयो। साथीहरूसँगै ज्योति बहुमुखी क्याम्पसका विद्यार्थीसँग झगडा भयो। झगडा हुँदा छुट्याउन खोज्दा पक्राउ परे।’ विद्यार्थीमाथि चित्रकुमार कार्कीले कुटपिट गरेको र रमिला बस्नेतले मुखले गाली गरेको राईको भनाई छ।

पत्रकार महासंघ उदयपुरद्वारा राई निलम्वित

पत्रकार महासंघ उदयपुरका शाखा अध्यक्ष भरत खड्का र सचिव पशुराम थापाले एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ उदयपुरका साधारण सदस्य देवराज राईलाई निलम्वन गरेको घोषणा गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय परिसर भित्र प्रवेस गरी अध्ययन गरिरहेका विद्यार्थीमाथि यो घटनाप्रति महासंघ दुखी छ। यसर्थ घटनाको निश्पक्ष छानविन गरी यथार्थ जानकारी ल्याई दिन समेत हामी सम्बन्धित निकायसँग अपिल गर्दछौं।  

साथै घटनामा संलग्न पात्रहरू चित्र कार्की, रमिला बस्नेत महासंघका सदस्य समेत नरहेको जानकारी गराउदै महासंघका साधारण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानलाई सहयोग पुर्‍याउनको लागि निज राईलाई महासंघको साधारण सदस्यता निलम्बन गरिएको व्यहोरा यसै विज्ञप्तिद्बारा जनसमुदायलाई जानकारी गराउँदछौं।’

विद्यार्थी आन्दोलित

पत्रकारले क्याम्पस हाताभित्रै विद्यार्थी कुटपिट गरेको भन्दै ज्योती बहुमुखी क्याम्पस बेल्टारका विद्यार्थी आन्दोलित बनेका छन। बेल्टारका स्थानीय पत्रकार राजेन्द्र दुष्टले विद्यार्थीले कडा कारवाहीको माग गर्दै नाराबाजी गरेर विद्यार्थी बजार परिक्रमा गरिरहेको बताए। ‘क्याम्पस हाताभित्र विद्यार्थी कुटिएको भन्दै क्याम्पसका सम्पूर्ण विद्यार्थी आन्दोलित बनेका छन’ उनले भने, 'विद्यार्थीले कडा कारवाहीको माग राखेका छन।’

अधिकारकर्मी विकास बन्जारले विद्यार्थीले विद्यालयमा वा क्याम्पसमा विद्यार्थीको सुरक्षा माग गरेका छन। ‘पत्रकारको दादागिरी अन्त्य गर्नु पर्‍यो’ उनले भने,‘पक्राउ परेकालाई कडा कारवाहीको माग गरेका छन।’ सोही क्याम्पसको विविएस दोस्रो वर्षमा अध्यानरत सन्जय राईले क्याम्पस वा विद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्‍यो। विद्यार्थीले क्याम्पस वा विद्यालय हाताभित्र असुरक्षित हुनु हुँदैन। 

विद्यार्थी कुट्ने पत्रकार लगायतलाई कडा कारवाहीको माग गर्दै आन्दाेलित बनेको बताए। ‘पहिलो चरणको आन्दोलन सकिएको छ,’ उनले भने, ‘दोस्रो चरणमा प्रहरी, क्याम्पसका सरोकारवाल र विद्यार्थीबीच हुने छलफलबाट माग पूरा नभए पुन आन्दोलन गर्ने छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.