|

काठमाडौ : काठमाडौं महानगरपालिकामा सात वटाब्रुमर भएको छ। चीनको छिङ्दु नगरपालिकाले दुई ब्रुमर सहयोग गरेको छ। इटालियन ब्रुमर र चीनको ब्रुमरले काठमाडौंको धुलो सफा एकैसाथ सफा गर्ने भएको हो। बर्खायाम सुरू हुनै लाग्दा चीनका दुईवटा ब्रुमर थपिएका हुन्।

आइतबार राष्ट्रिय सभागृहमा चीनको ब्रुमर हस्तान्तरण कार्यक्रम भयो। काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र छिङ्दु नगरपालिकाको उपमेयर न्यु छिम्बाओको उपस्थितिमा  ब्रुमर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। विद्यासुन्दर शाक्य चीन भ्रमण गएको बेला ब्रुमर सहयोग गर्ने सम्झौता भएको थियो। छिङ्दु नगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग ब्रुमर सहयोग गर्ने सहमति भएको थियो।  चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलले सम्योजन गरेका थिए।  

महानगरका प्रवक्ता ईश्वरमान डंगाेल भन्छन, 'सहर सफा गर्न मानवस्रोतले नभ्याएको कारणले प्रविधिको प्रयोग गर्नुपरेको छ।' काठमाडौं महानगरपालिकाले समग्र देशलाई प्रतिनिधित्व गर्ने भएकोले  ब्रुमर आवश्यक रहेकाे  डंगोलको तर्क छ। अन्य नगरपालिकाले पनि यसको सिको गरेर केही सिक्न सक्ने उनले प्रतिक्रिया दिए।

सरकारले पर्यटन वर्ष २०२० मनाउँदैछ। सहर सफा गर्नको लागि महानगरको अहम भूमिका हुने डंगोलको तर्क छ। काठमाडौंका मुख्य-मुख्य स्थान महानगरपालिका भित्र पर्ने भएकोले गर्दा पनि  महानगरले सरसफाइमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ।

इटाली ब्रुमर काठमाडौंमा संचालनमा आएपछी सडक सफा हुन्छ भन्ने काठमाडौंबासीलाई लागेको थियो । काठमाडौं महानगरपालिकाका एक उच्च अधिकारी ब्रुमर संचालन पश्चात धुलो कम भएको दाबी गर्छन्। उनका अनुसार बाटोमा मास्क लगाएर हिडने मान्छे देखिदैनन्। ब्रुमर आएदेखि काठमाडौंको सडकको धुलो साच्चै कमी भएको छ। थपिएको ब्रुमरले काठमाडौंको स्मार्ट सिटीको अवधारणा पुरा गर्ला ? काठमाडौंलाई सफा, सुन्दर भएको के महसुस गर्लान? त्यो चासो विषय हो।

इटालियन ब्रुमर चलेको दुई महिनाभन्दा बढी भइसकेको छ। महानगरभित्रका सबै स्थानमा ब्रुमर पुग्ने नसकेको महानगरबासीको आरोप छ। महानगरपालिकाले ब्रुमर ल्याएको सुनेको हो तर अहिलेसम्म नदेखेको  महाराजगञ्ज बस्ने जिवन थापा बताउँछन।  उनले भने,' सडक सफा भन्दा पनि संरचना बनाए स्मार्ट बन्नलाई सहयोग पुग्छ।' प्रविधिले मात्र सफा नहुने भन्दै उनले सफा गर्न मानिसको विचार र चेत हुनुपर्ने उनी बताउँछन्। 

काठमाडौं महानगरपालिकाका कतिपय ठाउँमा धुलो धुवाँ कम गर्न नसकिएको ब्रुमरको प्रयोग तथा फोहोर व्यवस्थापनको लागि खटिएका पुर्णचन्द्र भट्टले बताए। उनका अनुसार निर्माण कार्य भइरहेका विभिन्न ठाउँहरुमा निर्माण सामग्रीले फोहोर गरेको छ। धरहरा निर्माण भइरहेको सुन्धारा, चक्रपथ खण्डका आकाशे पुल निर्माण भइरहेका क्षेत्रमा बढी धुलो हुने गरेको उनको भनाइ छ। उनले भने, 'काठमाडौं उपत्यकामा सवारी साधनको चाँप बढी भएकोले पनि धुलो र धुँवाको नियन्त्रण गर्न नसकिएको हो।'  

उपत्यकामा ११ लाख भन्दा बढी सवारी साधन गुडछन। सवारी साधन मात्र बढाएर सहरको परिचय नहुने उनको दाबी छ। सवारी साधनको व्यवस्थापन गर्ने सके धुलो र धुँवाको नियन्त्रण गर्न सकिने भट्टले प्रतिक्रिया दिए ।

काठमाडौं उपत्यकामा मात्र गुडने सवारी साधनले धुलो बनाएको छैन। विशेषगरी बाहिरी जिल्लाबाट आउने सवारीले धुलो ल्याउने गरेको वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए। सवारी साधन धुलोको एक माध्यम मात्र भएको छ। काठमाडौं सफा गर्न यहाँका नागरिक पनि सचेत हुनुपर्ने श्रेष्ठको भनाइ छ।

बाहिर जिल्लाबाट आएका सवारी काठमाडौंमा पार्किङ गर्छन्। पार्किङ सडकमा हुने भएकोले पार्किङ भएको ठाउँमा ब्रुमरले सफा गर्न नसकेको उनले प्रतिक्रिया दिए। प्रतिघण्टा ९८ किमि गति भएको यी दुई ब्रुमरले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न  महानगरका प्रवक्ता ड‌ंगाेल बताउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.