|

धनगढी : बझाङको मष्टा गाउँपालिकास्थित फलाटे डाँडामा सोमबार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भने, पाँचजना घाइते भएका छन्। डुम्री बजारबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार कठिन स्थानमा दुर्घटना भएकाले उद्धार कार्यमा पनि समस्या भएको छ। मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको बताइएको छ।

घटनास्थलमा शव यत्रतत्र छरिएकाले मृतकको संख्या अझ थप हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.