|

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा १० पहलमानपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक जना घाइते भएका छन्। सोमबार दिउँसो करिब २ः १५ बजे पश्चिमबाट पूर्व जाँदै गरेको से ३ प ६३३४ नम्बरको मोटरसाइकल रोड छेउमा रहेको पिल्लरमा ठोक्किँइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। 

दुर्घटना घोडाघोडी नगरपालिका ८ का दिनेश टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ। टमाटाको घटनास्थलबाट घोडाघोडी अस्पताल सुखडमा लैजाँदै गर्दा बाटोमै मृत्युु भएको थियो।

मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका ११ का ४० वर्षीय कर्ण कामी दुर्घटनामा घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.