|

काठमाडौं : कर्मचारीको आन्दोलनको कारण देखाउँदै ह्‍यात होटल बन्द गरिएको छ। होटल व्यवस्थापनले कर्मचारी आन्दोलनको कारण होटल चलाउनसक्ने स्थिति नभएको जानकारी गराउँदै होटल बन्द भएको जानकारी नेपाल स्टक एक्स्चेन्जलाई गराएको छ। 

'कर्मचारीको आन्दोलनको कारण होटल चलाउन नसेकको भन्दै नेप्सेलाई पत्र काटेको छ' नेपाल स्टक एक्स्चेन्जका महाप्रबन्धक नरेन्द्र साउदले भने। तारागाउँ रिजेन्सी होटल्सले मजदुर युनियनको पछिल्लो चार दिनदेखि आफ्ना माग तेर्साउदै आन्दोलन गरेका थिए। 

उनीहरूले गत जेठ ३० गतेदेखि प्रत्येक वर्ष नौ प्रतिशत तलव वृद्धको सम्झौता यसअघि भएकोमा कार्यन्वयन गर्नको लागि भन्दै हड्ताल गरेको बताएका छन्। 'हामीले प्रत्येक वर्ष नौ प्रतिशत तलब वृद्धको सम्झौता गरेका थियौ तर व्यवस्थापनले पाँच प्रतिशत मात्रै गर्‍यो, अन्य सुविधा पनि काट्यो, त्यसैले हड्तालमा उभिएका हौँ' मजदुर युनियनका एक सदस्यले भने।

उनले नेपाली कर्मचारीलाई फरक व्यवहार व्यवस्थापनले गर्ने गरेको आरोप पनि लगाए। होटल व्यवस्थापनले भने  गैरकानुनी हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको जनाएको छ। अहिले ३२० कर्मचारी आन्दोलनमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.