|

म्याग्दी : रघुगंगा गाउँपालिका १ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका १ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका ३ पारी बस्ने कुशल पाईजा रहेका छन्। उनीहरूले उक्त जिप रोकी यात्रुको साथमा रहेको नगद तथा झोला लुटी फरार भएको भन्ने  खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.