|

काठमाडाैं : भ्वाइस अफ नेपाल सिजन-२ का लागि कोच परिवर्तन भएका छन्।

गायक सनुप पौडेल र अभया सुब्बा बाहिरिएका छन् भने आस्था राउत र राजु लामा थपिएका छन्। हिमालय टिभीबाट प्रशारण हुने उक्त कार्यक्रमका अन्य दुई कोचमा दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् छन्।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार सिजन-२ को ब्लाइन्ड अडिसन बुधबारबाट शुरु हुनेछ। कार्यक्रमको प्रशारण साउनको पहिलो साताबाट शुरु हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

कार्यक्रमको अघिल्लो सिजन निकै रुचाइएको थियो। अन्तर्राष्ट्रिय फ्रेन्जाइज 'द भोइस' १०० भन्दा धेरै देशमा उत्पादन तथा प्रशारण हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.