|

१२ औँ विश्वकप क्रिकेटमा उत्कृष्ट लयमा रहेको आयोजक इंग्ल्यान्डले प्रतियोगितामा एक खेलपनि जित्न नसकेको अफगानिस्तानको सामाना गर्दै छ। ओल्डट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुने छ।

अफगानिस्तानविरुद्ध जित निकाल्दै अयोजक इंग्ल्यान्ड आफ्नो लयलाई कायम राख्ने दाउमा हुने छ। कप्तान इओन मोर्गन र ओपनर जेसन रोयको चोटले भने इंग्ल्यान्डलाई केही चिन्ता थपिएको छ। दुवै अफगानिस्तानविरुद्ध मैदानमा उत्रने–नउत्रने अझै टुंगो लागेको छैन्। दुवै वेस्टइन्डिजविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।

अघिल्ला दुई खेलमा प्रभावशाली जितले उत्साही इंग्ल्यान्ड प्रतियोगितामा जितविहीन रहेको अफगानिस्तानविरुद्ध विनादबाब मैदानमा हुनेछ। अफगानिस्तानले चारै खेल गुमाएको अवस्था छ। इंग्ल्यान्ड ६ अंकका साथ चौथो स्थानमा छ। अफगानिस्तानका लागि विश्वकप सोचेअनुरूप भइरहेको छैन्। अफगानिस्तानले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको भनेर आलोचना भइरहेको छ।

 अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ६९/२ को अवस्थाबाट १२५ मा अलआउट भएको थियो। त्यसैले मध्यक्रमलाई सुधार्नु अफगानिस्तानका लागि पहिलो चुनौती हुनेछ। आइसिसी विश्व वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध हुने प्रदर्शन अफगानिस्तानको परीक्षासमेत हो।

दिनमा बादल छाइरहने र घामपानीको मौसममा नयाँ बल स्पिनरका लागि छिटै उपयोगी हुन सक्छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानको बाउन्ड्री ठूलो भएकाले ब्याट्सम्यानभन्दा बलरलाई केही सहज हुनेछ। यसै मैदानमा भारतले पाकिस्तानविरुद्ध तीन सयभन्दा माथि रन बनाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.