|

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ।  आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको मृत्यु भएको हो।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो। जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो। उनी सन् २०१३ मा अपदस्थ गरिएका थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपछि नै इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। जेलमा पनि मोर्सीलाई एकान्त ठाउँमा राखिएको थियो। उनका परिवार तथा कानुन व्यवसायीसँग पनि निकै कममात्र भेट गर्ने दिने गरिएको थियो।

अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो। अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ।  मुस्लिम ब्रदरहुडले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.