|

रुकुम : दोस्रो गुरिल्ला अल्ट्रा दौडमा रुकुम पश्चिमका दुर्गाराज बुढा प्रथम भएका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकाले आयोजना गरेको गुरिल्ला अल्ट्रा दौडामा ५२ किलोमिटर लामो दूरी ६ घण्टा १५ मिनेट १५ सेकेण्डमा पूरा गर्दै बुढा विजेता भएका हुन्। प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र रुकुम पूर्वका मोहन केसी तेस्रो भएका छन्।

प्रतियोगिताका विजेता बुढाले दोस्रो र तेस्रोलाई क्रमशः १३ र ३४ मिनेटले उछिने हुन्। जितसँगै बुढाले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल पाए। 

यस्तै, महिलातर्फको दौडमा प्युठानकी हुमी बुढा मगर प्रथम भएका छन्। उनले ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा ५२ किलोमिटर दूरी पार गरेकी हुन्। उनले उपाधिसँगै ५० हजार रुपैयाँ पुरस्कार पाएकी छन्। यस्तै, धादिङकी रसिला तामाङ दोस्रो र भोजपुरकी आनि राई तेस्रो भइन्। महतबाट सुरु भएको दौड रोल्पाको थबाङबाट जलजला पुगेर पुनः थबाङबाट रुकुम पूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खाबाङ बगरस्थित भूमे गाउँपालिकामा आएर समापन भएको थियो।

तत्कालीन माओवादीको सशस्त्र युद्धका बेला लडाकुहरु हिँडेको बाटोमा दौडाएर युद्ध पर्यटनको विकासमा टेवा पु¥याउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.