|

सल्यान : छत्रेश्वरी गाउँपालिका–३ को कार्यालयमा अज्ञात समूहले आगजानी गरेको छ। सोमबार राति करिब २ बजे मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ।

आगलागीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए। राति आगलागी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरी र स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.