|

संखुवासभा : मकालु गाउँपालिका–५ नुममा पहिरोले एक घर पुरेको छ। वर्षापछि गएको पहिरोले अजित राईको घर पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मीम लामाले जानकारी दिए।

पहिरोले सोमबार साँझ ७ बजे राईको घर पुरेको बताइएको छ। पहिरोले मानवीय क्षति नभएको प्रहरी प्रमुख लामाले जानकारी दिए। उक्त क्षेत्रमा लगातार २४ घण्टाभन्दा बढी पानी परेको प्रहरीले बताएको छ।

घटना भएको क्षेत्रमा विद्युत् र टेलिफोन सेवा समेत अवरुद्ध भएकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। उद्धारका लागि प्रहरी त्यस क्षेत्रमा खटाइसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.