|

काठमाडौं : संसदमा विशेष सम्बोधन गर्ने अनुमति पाएर रोष्ट्रममा उक्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले एक शब्द बोल्न पाएनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले समय पाएर रोष्ट्रममा पुगेर पनि सम्बोधन गर्न नपाएका हुन्।

सभामुख कृष्णबहादुर महराले मंगलबारको बैठकको कारबाही सुरु भएको जानकारी गराउने बित्तिकै कांग्रेसका सांसद उभिएका थिए। त्यत्तिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगे। 

प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय पाएका थिए।नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरेका थिए। 

अनि के भयो? हेर्नुस् तस्बिरमा:

प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रवेश 

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको प्रवेश

प्रतिपक्षी दलका सांसदहरू सिटबाट उभिए

सभामुखबाट समय पाएपछि कांग्रेसको विरोधकाबीच सम्बोधन गर्न रोष्ट्रममा जाँदै प्रधानमन्त्री

प्रधानमन्त्री बोल्न गएपछि कांग्रेस सांसदले कुर्सी छोडे, मर्यादापालकले हातेसाङ्लो बनाए

रोष्ट्रम घेर्न पुगेका कांग्रेस सांसद नाराबाजी गर्दै

सत्तापक्ष र प्रतिपक्ष

बोल्न नपाएपछि दिक्क मान्दै प्रधानमन्त्री

नबोली फर्किए प्रधानमन्त्री

नेकपा अध्यक्ष प्रचण्डसँग कुरा गर्दै बाहिरिए प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.