|

सर्लाही : घरको छतबाट खसेर एक किशाेरीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा  नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मंगलबार दिउँसो  लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो।

दुई तले घरको छतमा लुगा सुकाउँदै गर्दा तल खसेकी किशाेरीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाही प्रहरीले जनाएको छ।

मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.