|

हुम्ला : जिल्लाको खार्पुनाथ गाउँपालिका ५ को याक्चुकुना बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकखण्ड बाट लु १ ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेको छ। कर्णाली नदीमा बेपत्ता भएको गाडीमा बेपत्ता हुने दश जनाको नाम भने स्थानीयले एकिन गरेका छन।

घटनास्थलमा भएका खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावका अनुसार दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, खार्पुनाथ ४ कै ढुकु भण्डारी नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको पहिचान भएको छ। यसैगरी खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उनको २ वर्षको वालक समेत बेपत्ता छन्।

दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना नाम नखुलेका मिस्त्री समेत परेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए। दुर्घटना स्थलमा चारवटा हेलिकोप्टरबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरी  घटनास्थलमा पठाएको छ।

कर्णालीमा बढेको पानीको बाहबले गाडी नै डुबेको र पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय स्राेतले बताएको छ। गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.