|

उदयपुरः उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको मंगलबार भएको खेलमा गोर्खा व्वाइज क्लब रुपन्देही विजयी भएको छ। थारुहट रंगशालामा उदयपुरमा मंगलबार भएको खेलमा सिएमसी क्लब काठमाडाैंलाई १ काविरुद्ध दुई गोल अन्तरले हराउँदै रुपन्देही विजयी भएको हो। 

खेलको दोस्रो हापको ६ मिनेटमा रुपन्देहीका जर्सी नम्बर ७ का फोफाना फोडेले पहिलो गोल गरेर खाता खोलेका थिए। दोस्रो गोल दोस्रो हापको २० औं मिनेटमा रुपन्देही कै जसी ९ का डेबिलले संकटालाई दवावमा राख्न सफल भए। निकै प्रतिस्पर्धामक खेलमा संकटाले खेल लयमा ल्याउन निकै कोशिस गरेको थियो। तर सफल हुन सकेन। त्यस्तै निर्धारित समय संकटले गोल फर्काउन नसके पछि थप समय पर्खनु परेका थियो।

थप भएको ४ मिनेटमा संकटाका ६ नम्बर जसीका अमित तामाङले सान्तना गोल गर्न सफल भए। खेलको म्यान अफ दि म्याच रुपन्देहीका जर्सी नम्बर ७ का फोफाना घोषित भए। यो सँगै प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ।

भोलि वुधबार पहिलो सेमिफाइनल खेल एपिएफ काठमाडाैं र मोरङबीच हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए। प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्नेछन। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। एसियन थाइफुड्स प्रालि र गैडाछाप उदयपुर सिमेन्ट ले मुख्य प्रायोजन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.