|

अफगानिस्तानलाई हराउँदै इङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। 

मंगलबार भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको फराकिलो जित निकालेको हो। ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो।

मशमतुल्ला शाहिदीले ७६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन। रहमत साह ४६, असगर अफघान ४४ रन र कप्तान गुलबदीन नायब ३७ रन बनाएर आउट भए। अफगानिस्तानलाई दबाबमा राख्दै इङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३/३ विकेट लिए। मार्क उडले २ विकेट लिए। 
यसअघि म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो। इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे। विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले। जसमा उनले १७ छक्का प्रहार गरे। जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो। यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए। रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो।

अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३/३ विकेट लिए। इङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ। प्रतियोगिता अन्तर्गत आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.