|

काठमाडौं : सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा बुधबार निर्णय दिने भएको छ। 

न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सर्वोच्चमा विचाराधीन अन्य निवेदनलाई समेत सहभागि गराएर सुनुवाई गर्ने भनेपछि बुधबारलाई पेशी तोकिएको हो। आयोगले ५ सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा अहिले ४ थान मुद्दा छन्। ३ थान मुद्दा पहिलो सुनुवाई भईसकेका छन् भने स्थानीय तहका कर्मचारीले हालेको निवेदन हिजो सुनुवाई भएको छ।

समावेशी सिद्धान्त पालना नभएको र संसदको राज्य व्यवस्था समितिविरुद्ध दायर भएको निवेदनलाई स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको निवेदनसँगै राख्दै सुनुवाई गर्ने आदेश हिजो जारी गरेको हो। न्यायाधीशद्धय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो। 

आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो। जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.