|

न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित मस्जिदमा भएको हमलाको भिडियो अनलाइनमा शेयर गर्ने एक व्यापारीलाई  २१ महिनाको जेल सजाय सुनाइएको छ। 

४४ वर्षीय फिलिप आर्प्सले हमलाको भिडियो सुरुमा सेयर गरेकाे स्वीकार गरेपछि उनलाई सजाय सुनाइएको हाे।  विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै उलाई दोषी ठहर गरिएको हो।

क्राइस्ट चर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले आर्प्सलाई सजाय सुनाएका हुन्। अदालतमा आर्प्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए।

गत मार्च १५ मा न्युजिल्याण्डको क्राइस्ट चर्च मस्जिदमा भएको आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.