|

काठमाडौं : सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिने घोषणा गरे पनि काठमाडौंको नेवार समुदायद्वारा बिहीबारका लागि तय गरिएको पूर्वघोषित कार्यक्रम भने नरोकिने भएको छ। गुठी विधेयक प्रतिरोध समितिले माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि प्रदर्शन गर्ने घोषणा भएको थियो।

प्रतिरोध कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले विधेयक फिर्ता लिनु सकारात्मक भएपनि 'प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रयोग गर्नुभएको भाषालाई सहज र मर्यादिन रुपमा लिन नसकिएकाले' विरोध कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए।

 प्रेस विज्ञप्तीमार्फत संयोजक श्रेष्ठले 'विधेयकमा भएको त्रुटिलाई सरकारले स्पष्ट भाषामा स्विकार नगरेकाले निरन्तर खबरदारी आवश्यक रहेको' बताएका छन्।

उनले आगामी दिनको संघर्ष अझ जटिल र पेचिलो हुने भन्दै पूर्व निर्धारित जनप्रदर्शन र खबरदारी सभालाई निरन्तरता दिने निर्णय भएको बताएका छन्।

यस्तो छ गुठी विधेयकविरुद्ध जनप्रदर्शनको तयारी

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.