समाज : सुरक्षा/अपराध

हत्या अभियोगका फरार अभियुक्त १२ वर्षपछि पक्राउ
SHARES

असार ४, २०७६

    पाल्पा : युवकको हत्या गरेर फरार रहेका अभियुक्त करिब १२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका–१२ लुहुङका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

    भट्टराईलाई २०६४ भदौ २ मा पाल्पाको साविक दोभान गाविस-५ कदमबासस्थित खोलामा स्याङजाको साविक जगत्रदेवी गाविस–२ का २४ वर्षीय राजु न्यौपानेको हत्या गरेको आरोप थियो। जिल्ला अदालत पाल्पाले २०६५ साउन ४ मा भट्टराईलाई घटनाको मुख्य दोषी ठहर गरी १९ वर्ष १९ दिन कैद सजायको फैसला गरेको थियो। 

    भारतमा लुकिछिपी बस्दै आएका भट्टराईलाई घरमा आएको समयमा मंगलबार राति बुटवलबाट पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार प्रेमिकाको विषयलाई लिएर विवाद भएपछि अभियुक्त भट्टराईले राजु न्यौपानेको हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]