|

बाँके : जिल्ला प्रहरी कार्यालय, बाँकेले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ।

बुधबार बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोबारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागुऔषध अनुसन्धान ब्युरो नेपालगन्जले जनाएको छ।

यस विषयमा बाँके प्रहरीले बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ। प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिए पनि थप जानकारी बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत मात्र सार्वजनिक गर्ने बताए। 

भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ का २५ वर्षीया वीरबहादुर नेपाल, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहादुर दराईलाई लागुऔषधसहित पक्राउ परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.