|

युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्दका कारण आफ्नो थातथलोबाट विस्थापित हुने मानिसहरूको संख्या ७ करोड पुगेको छ। सन् २०१८ को तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ, नियोग स्थापना भएयताकै यो सर्वाधिक ठूलो आँकडा हो। नियोग ७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील छ।

नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस जवर्जस्ती धपाइएका हुन्। बाँकी सुरक्षाको खोजीमा थातथलो छाडेर हिँडेका हुन्। पछिल्लो २० वर्षमा विस्थापितको संख्या झण्डै दोब्बरले बढेको हो। औसतमा दैनिक ३७ हजार मान्छे विस्थापित भइरहेका छन्। रिपोर्टका अनुसार भेनेजुयला संकटपछि विस्थापितको संख्या उल्लेख्य रुपले बढेको हो।

'यी आँकडाले द्वन्दपिडितहरुको सुरक्षाका लागि कति काम गर्न बाँकी छ भन्ने देखाउँछ', राष्ट्रसंघको शरणार्थी मामिला उच्चायुक्त फिलिपो ग्रान्डीले भने।

जवर्जस्ती धपाइने, शरण खोज्दै सुरक्षित देशतर्फ जाने र देशकै अन्य सुरक्षित ठाउँमा सर्ने गरी रिपोर्टले विस्थापितहरुलाई तीन भागमा वर्गिकरण गरेको छ। तीमध्ये आन्तरिक विस्थापितको संख्या सर्वाधिक ४ करोडको हाराहारीमा छ। सिरियाबाटमात्रै सन् २०१८ मा ६७ लाख मानिस विस्थापित भएका छन्।

विस्थापितको तुलनामा पुनर्स्थापित हुनेको संख्या अत्यन्तै नगन्य छ। नियोगको रिपोर्टअनुसार सन् २०१८ मा ७ करोड मानिस विस्थापित हुँदा ९२ हजार ४ सय जनामात्रै पुनर्स्थापित भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.