|

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँको रेमिट्यान्स आप्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा गत वर्षको तुलामा १९.६ प्रतिशतले रेमिट्यान्स बढेको हो।

विदेशमा रहेका नेपाली श्रमिकले पठाउने यस्तो रकम गत वर्षको तुलनामा मात्रै नभइ वृद्धिदर पनि बढेको छ। अघिल्लो वर्षको सोही अवधिको रेमिट्यान्स आप्रवाह भन्दा यो वर्ष ७ प्रतिशतले बढेको हो।

वैदेशिक रोजगारीमा जानेहरूको संख्या भने उल्लेख्य घटेको छ। अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.